भरत सरार्फ
पर्सा १४ श्रावण / सशस्त्र प्रहरी बल पर्साले ६,७७,६३६ , बराबरको मोबाइल पार्ट्स सहित मोसा बरामद गरि भन्सार दाखिला गरेकाछन । भारतबाट अवैध तरिकाले भन्सार छलि मोबाइल को पार्ट्सहरु आइरेको विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १३गण हे क्वा पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका- १७ ICP चोक बाट मोसा मा आइरहेको अवस्थामा बरामद गरेका थिए । बरामद गरिएका मोबाइल पार्ट्स सहित मोसा लाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।
सशस्त्र प्रहरी बल पर्सा द्वारा ६ लाख ७८ हजार बराबरको मोबाइल पार्टस सहित मोसा बरामद ।
byभरत सर्राफ
•
•
2 min read
0

