जिल्ला प्रहरी कार्यालय बारा द्वारा ठुलो परिमाणमा लागू औषध समेत एक भारतिय नागरिक पक्राउ ।

भरत सरार्फ पर्सा १४ श्रावण / जिल्ला प्रहरी कार्यालय बारा द्वारा ठुलो परिमाणमा लागू औषध समेत एक भारतिय नागरिकलाई पक्राउ गरिएकोछ । विशेष सुचना को अधारमा जिल्ला प्रहरी कार्यालयबारा बाट प्रहरी निरिक्षक खेम प्रसाद नेपाल , लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक पवन प्रसाईंको संयुक्त टोलिले १३ गते अ१९:३० बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नं.६ पावरहाउस चौक देखि पुर्व पट्टि ५०० मिटर बम नहर स्थितमा सिम्रौनगढ तर्फबाट देश भारत, पुर्वी चम्पारण, बिहार राज्य, थाना जितना, ग्राम पञ्चायत अगर्वा वडा नं. ०६ कोडीगावा टोल बस्ने जयमंगल साहको छोरा अं.वर्ष ५० को मन्जन साह भन्ने उपेन्द्र चलाई
आईरहेको BR05BK7035 नम्बरको भारतीय प्लेट भएको Honda कम्पनीको SPShine मोटरसाईकलको लेगार्डमा बोरामा बाँधी ल्याई रहेको समान देखि शंकास्पद लागी रोकी चेक जाँच गर्दा उक्त लेगार्डमा बाँधीएको बोरा खोली हर्दा प्रतिबन्धित लागू औषध Tramadolलेखिएका १०३८ पत्ता ( १०३८० पिस ) वरामद गरी मानिस समेत मो.सा.नियन्त्रणमा लिई थप अनुसन्धान को जिल्ला प्रहरी कार्यालय बारा मा लगिएका जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?