पर्सा २२ अषाढ / सशस्त्र प्रहरी बलले बिगतको दिन देखि अवैध कारोबारी बिरुद्ध कडा अभियान चाल्दै आइहरेकाछन । सशस्त्र प्रहरीका डिआइजी कृष्ण ढकालको अवैध चोरी निकासी , तस्करी नियन्त्रण अभियान अन्तर्गत मधेस प्रदेश कै सशस्त्र प्रहरी बल ढकालका अभियानलाइ तिर्वरुपमा अगाडी बढाउन्दै
रु १२ करोड बराबर को अवैध सर समानहरु सुनचाँदी , हुण्डीको रकम बरामदी गरि अभियानलाई सफल गर्दै आइरहरकाछन । साथै बाराले पनि सो कार्यलाइ तिर्वरुपमा अगाडी बढाउन्दै बाराका गणपति खुम बहादुर केसी अवैध कारोबारी बिरुद्ध कडा प्रस्तुति देखाएकाछन ।साथै सशस्त्र प्रहरी बल बाराले आइतबार
जिल्लाको विभिन्न इलाकाहरुबाट १० लाख बराबरको अवैध समान र चार चक्के गाडि बरामद गरि भन्सार दाखिला गरेकाछन । सिम्रोनगढ झरोखर नाकाबाट लामो समय देखि भन्सार न तिरी लुकाइ छिपाइ अवस्था राखिराखेको BR06AT- 4158 कर , मटिअर्वा नाकाबाट किराना , र जितपुर इलाकाबाट कपडा बरामद गरि रु १० लाख मुल्यांकन गरि भन्सार दाखिला गरेकाछन ।नाम नबताउने सर्तमा बाराका एक अवैध कारोबार गर्ने ब्यापारीले बताए , डिआइजी ढकालको अभियान र बाराका एसपी केसीको एक्सनले हामी बर्वाद भइसकेकाछौ , कहिले काहीँ चोरी लुकि हामी भारतबाट समानहरु लिएर आएका हुन्छौ , एसपिको टोलि झ्याप्पै समातिदिन्छ । कति साथिहरु यहाबाट भागे म त आँपको ब्यापार गर्न थाले उन भने ।
डिआइजी ढकाल बैशाख २२ गते बाहिनिमा हाजिर भएकाहुन । ढकाल हाजिर भएका दिन देखि हाल सम्म १२ करोडको७८ हजार ३६६ बराबरको अवैध सर समानहरु बरामदी भएको र लागू औषध , गांजा, चरेस , ब्राउन सुगर,नर्फिन, डाइजोपाम , नाइट्रोभेट समेत बरामद गरेका सशस्त्र प्रहरी बलले बताए । साथै डिआइजी ढकालका अभियानमा सशस्त्र प्रहरी बल पर्साका पनि उल्लेखनीय योगदान रहेकोछ ।
सशस्त्र प्रहरी बलका डिआइजी ढकालका तस्करी नियन्त्रण अभियान , र बाराको कडा एक्सन ले बाराका अवैध कारोबारीहरु भागे , केही आँपको धन्दामा जुटे ।
byभरत सर्राफ
•
•
2 min read
0



