पर्सा २० अषाढ / विशेष सूचनाको आधारमा बिहिबार सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहत कार्यालयहरुबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले वीरगञ्ज म.न.पा.-१ स्थित छपकैया तथा नदिया टोलका विभिन्न व्यक्तिहरुका घरहरुमा भारतबाट भन्सार छली लुकाई छिपाई चोरीपैठारी गरी अवैध रुपमा ल्याई भण्डारण गरी राखेको अवस्थामा मुल्य रु.१८,५५,३५०।- बराबरको कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१८,५५,३५०।- बराबरको कपडाहरु भन्सार दाखिला
byभरत सर्राफ
•
•
2 min read
0


