सशस्त्र प्रहरीबल द्वारा समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम सुभ-आरम्भ

पर्सा २६ जेठ / सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.वा.पर्साको आयोजना र बिरगंज महानगरपलिकाको संयोजनमा आउदै गरेको मन्सुन तथा मन्सुन जन्य विपद र अन्य किसिमका प्राकृतिक तथा मानव जन्य विपदहरुलाई समेत मध्यनजर गरि विपद उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रिय सहभागिता गराउने उदेश्यले बिरगंज महानगरपालिका कार्यलयको सभाहलमा विरगंज महानगरपालिका अन्तर्गत रहेका ३० जना प्रशिक्षार्थिहरु सहभागि गराई २१ कार्य दिनको " समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम" को सुभ-आरम्भ गरिएको छ।उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह रहनुभएको थियो । बिशिष्ठ अतिथिको रुपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यु , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्साका अध्यक्ष बृज किसोर पटेल लगायतको उपस्थिति रहेको थियो र उक्त कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले गर्नु भएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?