भरत सरार्फ
पर्सा २६ जेठ / सशस्त्र प्रहरी बल,नेपाल नं.१२ गण हे.वा. बाराको आयोजना र पचरौता नगरपलिकाको संयोजनमा आउदै गरेको मन्सुन तथा मन्सुन जन्य विपद र अन्य किसिमका प्राकृतिक तथा मानव जन्य विपदहरुलाई समेत मध्यनजर गरि विपद उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रिय सहभागिता गराउने उदेश्यले पचरौता नगरपालिका कार्यलयको सभाहलमा पचरौता नगरपालिका अन्तर्गत रहेका ३५ जना प्रशिक्षार्थिहरु सहभागि गराई २१ कार्य दिनको " समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम" को सुभ-आरम्भ गरिएको छ।उक्त कार्यक्रमको प्रमुख अतिथि पचरौता नगरपालिकाका प्रमुख जलेन्धर सिंह जैशवाल रहनुभएको थियो । बिशिष्ठ अतिथिको रुपमा सशस्त्र प्रहरी बल न १२ गण हे क्वाका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, जनप्रतिनिधि र नगरप्रहरी, पालिकाका कर्मचारीहरुको उपस्थिति रहेकोथियो ।उक्त कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहहादुर केसिले गर्नु भएको थियो ।
Tags:
फिचर


