रविमाथि प्रतिशोध साँधेको भन्दै रास्वपाद्वारा हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर अभियान शुरू गरेको छ ।


रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले वीरगंजमा सोविरूद्ध आम जनताको हस्ताक्षर अभियान शुरू गरेको हो ।

वीरगंजको घन्टाघरमा रास्वपा पर्सा सभापति हरि पन्तको नेतृत्वमा आजदेखि शुरू भएको हस्ताक्षर अभियान जारी रहने रास्वपा ठोरीका सभापति माधव बस्नेतले जानकारी गराए ।

अभियानमा वीरगंजका जनताहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर उक्त अभियानको अपनत्व लिएको रास्वपा पर्साका सभापति हरि पन्तले बताए । पन्तले नेपाली  जनताले मुलुकको  पछिल्लो राजनीतिक घटनालाई  नजीकबाट नियालिरहेको र सबै घटना क्रम अब छर्लङ्ग भइसकेकोले आफूहरूले जनतालाई  केही भन्नै नपरेको बताए ।

यसअघि रास्वपा पर्साले पर्साको बहुदरमाई नगरपालिकामा पनि हस्ताक्षर कार्यकम सञ्चालन गरेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?