पर्सा १६ अषाढ / सशस्त्र प्रहरी परिवार महिला संघको २४औ वार्षिक उत्सवको अवसरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको संयोजकत्वमा उक्त गणबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज म.न.पा.-१४ पिपरा स्थित पशुपतिनाथ मन्दिर सरसफाई कार्यक्रम संचालन गरेको छ।
साथै मिति २०८२।०३।१६ गते सोहि अवसर पारि मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका सदस्य ज्यूहरुले जिल्ला रेडक्रस सोसाईटी पर्सा संगको सहकार्यमा सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको परिसरमा रक्तदान कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।उक्त अवसरमा नं.१३ गणका गणपति स.प्र.उ.राधेश्याम धिमाल, जिल्ला रेडक्रस
सोसाईटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल बीरगंजका संचालक दिलिप कार्की, ईन्नोभेटिभ संस्थाका संचालक कमल चौगाई, लायन्स क्लव अफ बीरगंजका अध्यक्ष डि.एन.अग्रवाल, एलाईड युथ सोसाईटीका ओम कुमार झा लगायतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा ४० जनाले रक्तदान गर्नु भएको थियो ।बढ्दो गर्मीका कारण बिरगंजमा
बीरामीको संख्या दिनानुदिन बढ्दै गैरहेको र रगतको अभाव देखिको अवस्थामा यस कार्यक्रमले रगतको अभाव हटाउन थोरै भएपनि भुमिका खेल्ने बिश्वास लिईएको छ। यस कार्यक्रमको विषयमा सशस्त्र प्रहरी बल न १३गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
सशस्त्र प्रहरी परिवार महिला संघको २४औ वार्षिक उत्सवको अवसरमा पर्सामा विविध कार्यक्रम सम्पन्न
byभरत सर्राफ
•
•
2 min read
0





