वीरगंज, १६ असार ।
जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
असार ९ गते राति ८ बजे वीरगंज महानगरपालिका वडा नं. ३१ कोनिया टोल बस्ने बिजय पटेलको घर अगाडिबाट वडा नं.२१ बस्ने रामज्ञा साहको नाममा दर्ता रहेको मधेश प्रदेश –०३–०३५ प ७७४५ नम्बरको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।
प्रहरी चौकी मिलनचोक पर्साबाट खटिएको चेकिङ टोलीले असार १५ गते राति ८ः३० बजे वीरगंज महानगरपालिका वडा नं.३१ बाट चोरी भएको मोटरसाइकलसहित वीरगंज–३२ बस्ने वर्ष १९ को विध्यानन्द महतोलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका महतोविरूद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।