वीरगंज, १२ जेठ ।
भारतबाट तस्करी गरेर भित्र्याइएको करिब १३ लाख मूल्यको ओैषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । सोमवार प्रहरीले विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी, मधवलमा ना ५ च २४८३ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा विभिन्न किसिमका १२ लाख ७८ हजार ५२० मूल्यको ओैषधि बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–५ का २४ वर्षीय चालक सुनिल कुमार रामलाई पनि नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।