दुर्ई साँढेको जुधाइमा परेर एकको मृत्यु

जनकपुर, १२ जेठ/ 
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुर्ई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।
मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।
उहाँलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै  चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरूणबहादुर सिंहले जानकारी दिनुभयो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?