भरत सरार्फ
पर्सा १२ जेठ / सशस्त्र प्रहरी बल पर्सा ले भारतिया चकलेटले भरिएका पिकअप गाडि नियन्त्रणमा लिएकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ पर्साका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले भिस्वा , पोखरिया सडक खण्डको तिलावे पुल नजिक बाट अ १६:३० बजेको समयमा ना ५ च १८०१ न को महिन्द्रा पिकअप लाई रोकि चेकजाच गर्दा आवस्यक कागजात हरु नरहेकोले पिकअपलाइ नियन्त्रणमा लिएकोथियो ।
साथै चालक पिकअप गाडि छोडी फरार भएकोले उक्त
चकलेट सहितको पिकअपलाइ २० लाख मुल्यांकन गरि आवस्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल पर्सा जानकारी दिएँ ।
भारतिय चकलेटले भरिएका पिकअप गाडी सशस्त्र प्रहरी को नियन्त्रणमा , २० लाख मुल्यांकन गरि भन्सार दाखिला ।
byभरत सर्राफ
•
•
2 min read
0


