पर्सा १२ जेठ / सशस्त्र प्रहरी बल बाराले ६० केजी लागू औषध गाजा बरामद गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीको गुल्मपाति सशस्त्र प्रहरी नायव उपरीक्षक राजन लाल श्रेष्ठ को कमाण्डम खटिएको गस्ती टोलीले सिम्रैनगढ नपाको वडा न ४ गंगा नगरको इलाकाबाट राति १२:४५ को समयमा खेतको बाटो हुन्दै टाउको र कांधमा लागू औषध गाजा बोकि जान्दै गरेका अवस्थामा सशस्त्र प्रहरी को गस्ती टोलिलाइ देख्न साथ उक्त गाजा फालि फरार भएको थियो । गस्ती टोलि लागू औषध गाजालाइ बरामद गरि आवश्यक कार्वाही को लागि ईलाका प्रहरी कार्यालय सिम्रैनगढलाइ बुझाएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिए ।

