सशस्त्र प्रहरी बल पर्साद्वारा रु. १०,८४,१९०।- को अवैध समान भन्सार दाखिला ।

भरत सरार्फ पर्सा १२ जेठ / सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले ११ गते आइतबा वीरगञ्ज म.न.पा. अन्तर्गतका विभिन्न स्थानहरुबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई चोरी पैठारी तथा निकासी गरी विभिन्न माध्यमबाट लैजाँदै र भित्र्याउँदै गरेको अबस्थामा मूल्य रु. ८,३७,१२०।- बराबरको विभिन्न सामानहरु (दुई थान मोटरसाईकल, किराना, तयारी कपडा, मोवाईल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा आदि) र उक्त सामानहरु अवैध रुपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सोही दिन सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले अलौ तथा कोनिया ईलाकाबाट रु. १,१८,२००।-बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०।- बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?