ट्रकको ठक्करबाट सोनार युवकको मृत्यु ।

पर्सा १० जेठ / ट्रकको ठक्करबाट सोनार युवकको मृत्यु भएकोछ । बिरगंज वडा न १६ नगवा निवासी संजय साह सोनारको छोरा बर्ष २२ छटु साह सोनार र एक उनको साथी काम विशेषले पोखरिया तर्फ गइरहेको थियो , विपरित दिशा बाट आइरहेको ट्रकले उनको मोटरसाइकलमा ठक्कर दिन्दा छटु साह सोनारको घटना स्थलमा मृत्यु भएको थियो । र उनका साथीको पनि अवस्था चिन्ताजनक रहेकोछ । मृतक छटु साह सोनारलाइ नारायणी अस्पतालमाबाट पोस्टमार्टम गरि आजै दाहसंस्कारको लागि लैजान तैयारी भइरेका उनका पिता संजय साह सोनारले बताए । मृतक छटु साह सोनार भारत , पुर्बी चम्पारण हरपुर थाना निवासी साधु साह सोनारका पोता थिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?