दृष्टि आँखा अस्पतालको जनचेतनामूलक -याली

पर्सा १० जेठ / आँखा सम्बन्धी रोग मायोपिया (दूरदृष्टि दोष) बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज वीरगञ्जमा जनचेतनामूलक -यालीको आयोजना गरिएको छ । दृष्टि आँखा अस्पतालको सहयोगमा वीरगञ्ज महानगरपालिका र विभिन्न संघ संस्थाहरूको संयुक्त आयोजनामा निकालिएको -यालीले नगर परिक्रमा गरेको थियो। वीरगञ्जको घण्टाघरबाट बिहानै शुरु भएको -याली मुख्य सडकको माईस्थान, लोहारपट्टी चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर सम्पन्न भएको थियो। -यालीमा सहभागीहरूले मायोपियाका लक्षण, यसबाट बच्ने उपायहरू र समयमै उपचार गराउनु पर्ने आवश्यकता बारेका प्लेकार्डहरू बोकेका थिए। मायोपिया नेपालमा बढ्दो क्रममा रहेको एक सामान्य आँखाको समस्या हो। विशेषगरी बालबालिका तथा युवाहरूमा यसको जोखिम बढी हुन्छ। यस ¥यालीको मुख्य उद्देश्य समुदायमा मायोपिया सम्बन्धी सही जानकारी पुर्याउनु र यसको रोकथाम तथा उपचारका लागि सचेतना जगाउनु रहेको दृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ बषन्त पौडेलले जानकारी दिए। कार्यक्रममा नियमित आँखा परीक्षण गराउनु र डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगबाट बच्नु मायोपियाको रोकथाममा महत्वपूर्ण रहेको बताईएको थियो। वीरगन्ज महानगरपालिकाका रितेश जयसवालले पनि स्वस्थ आँखाका लागि जनचेतनाका यस्ता कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?