भरत सरार्फ
पर्सा ३०बैशाख / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई पोखरिया तर्फ लैजादै गरेको भन्सार मुल्य रु. ५,०१,४००।- बराबरको कपडा सहित ना १८ प ८२७२ नम्बरको मोटरसाईकल बरामद गरेकाछन । ।विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक किशन पुजारा को कमाण्ड खटिएको टोलिले जिल्ला पर्सा बिन्दावासिनी गा.पा.-१ गर्दौलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।

