जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज ।
जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा  एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ मा बस्ने ५० वर्षीय दिनानाथ साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
साह र अर्को एकजना ४० वर्षीय पुरूष मिलेर एकजना महिलालाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। साहलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
सो घटनामा संलग्न रहेका ४० वर्षीय पुरूषको पहिचान भइसकेको र खोजतलास भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?