पर्सा २८ बैशाख / गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ ।
प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा समिति सदस्यहरूले हाल पत्रकारहरूमाथि भइरहेको दमन, डर, धाकधम्की र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित, प्रेस स्वतन्त्रताको सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधान अनुसार संरक्षण गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा गएको टोलिमा उपाध्यक्ष समिना रंजितकार, सचिव अजित भुजेल , सहसचिव बिदुर गौतम , कोषाध्यक्ष संजित गुप्ता, सदस्यहरु सन्तोष कुशवाहा, रितेश झा, सन्जोग गिरि , अशोक श्रीवास्तव, भरत सर्राफ , रुपेश बर्मा लगायतको उपस्थिति रहेको थियो।
प्रेस सेन्टर नेपालले सञ्चार जगतमाथी भइरहेको आक्रमण र दमन प्रती प्रअजिलाइ ज्ञापनपत्र
byभरत सर्राफ
•
•
2 min read
0
