पर्सा २६ / भारत,पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल,भारत सीमामासमेत परेको छ । नेपाल,भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।बारा र पर्साको नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।
पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको सशस्त्र प्रहरी बल , नेपाल न २ छिन्नमस्ता बहिनी मुख्यालय बर्दिवास, महोत्तरी का
सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिनुभयो ।सशस्त्र प्रहरी बल नब१२ गण हे क्वा बाराका गणपाति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी र न १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भन्नुभयो, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएकाव्यक्तिमाथि निगरानी गरिरहेको उहाँको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ । सशस्त्र प्रहरी बललेतालिम प्राप्त कुकुरद्वारा चेकजाँच गरिरहेकाछनत्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर बारा , पर्सा लगायत नेपाल भारतको सम्पुर्ण सिमा नाका इलाकाहरुमा पनि निगरानी बढाइएको छ । बारा , पर्सा जिल्लाको मूल नाका मटिहर्वा बारा र बिरगंज भन्सार सँगै सहायक नाका बाराको बलिरामपु , मुसहर्वा , छतवा , मटिहर्वा , कवहीगोठ , बेलदारी , गोलागंज र पर्साका सिरिसिया , अलौ , सिवानटोल , अमरपटी , जानकिटोला , भिखमपुर ,लगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बिरगंज भन्सार नाकामा भने तालिम प्राप्त कुकुरहरु दृष्टि र याकुबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ ।सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘दृष्टि र याकु लाई बिरगंज भन्सार सीमा नाकामा खटाइएको छ ।‘दृष्टि ’ र ‘याकु’ तालिम प्राप्त कुकुर हुन् । जर्मन सेफर्ड प्रजातिको ‘दृष्टि ’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘याकु ’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।
यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताउनुभयोसीमाइलाकामाआवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उहाँले बताउनुभयो ।सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो ।
भारत,पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण नेपाल,भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता ।
byभरत सर्राफ
•
•
2 min read
0




