प्रनाउ , यादव , जिल्ला प्रहरी कार्यालय पुर्बी रुकुमको जिम्मेवारी सहमाले देखि अवैध कार्यमा नियन्त्रण ।

भरत सरार्फ
पर्सा ३१ बैशाख / हालै जिल्ला प्रहरी कार्यालय पुर्बी रुकुमको प्रमुखमा सरुवा भइ आएका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादबले जिम्मेवारी सहमाले देखि अवैध कार्य गर्नेहरुमाथि कडा उत्रिएकाछन । रुकुम पूर्वी भाग जिल्लाको सिस्ने गाउँपालिका वडा नं. १ भट्टेचौर तिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुत गस्ती( LRP ) गर्दै जाने क्रममा अबैध रुपमा लगाइएका अफिमका बोटहरु फेला पारी नष्ट गरेको छ । जिल्लाको दुर्गम ठाउँमा लगाइएका अफिमका बोटहरु प्रहरीले नष्ट गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) बाट ९ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम ( पूर्वी भाग ) बाट १० जनाको टोली सिस्ने गा.पा.१ का विभिन्न स्थानहरूमा अवाञ्छित तथा उशृङखल गतिबिधिहरू निग्रानी तथा शान्ति सुरक्षाको बस्तुस्थिति बुझ्न र उक्त स्थानहरूमा अबैध रुपमा लगाएको लागु औषध अफिम खेति फँडानी तथा नष्ट गर्नको लागि जिल्लाबाट २९ बैशाखमा त्यसतर्फ प्रस्थान गरेको थियो । सोहि दिन प्रहरीले सडकबाटो छोडी ८ घण्टा पैदल हिडि त्यस ठाउँमा पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक DSP उमाशंकर प्रसाद यादवले बताउनु भयो । DSP यादवका अनुसार प्रहरी टोली सोहि ठाउँ वरपर ३/४ दिनसम्म त्यहाँको बस्तुस्थिति बुझ्न र अबैध रुपमा लगाइएका अफिम खेति खोजि नष्ट गर्ने कार्य रहेको जानकारी दिनुभयो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?