पत्रकार महासंघ प्रदेश पार्षदमा भरत सर्राफ निर्विरोध निर्वाचित

वीरगंज, २६ मंसिर । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट न्युज खोजतलाश दैनिक र मिशन खोजतलाश साप्ताहिक तथा न्युज खोजतलाश डटकममा सञ्चालक /प्रबन्धक भरत सर्राफ प्रदेश पार्षदमा निर्विरोध निर्वाचित भएका छन् ।
बुधवार महासंघको  उम्मेदवारी दर्ताको क्रममा निर्वाचन अधिकृत शत्रुघन नेपालले सर्राफलाई निर्विरोध निर्वाचित गरेका हुन् ।
यसैगरी नेपाल पत्रकार महासंघ चुनावी प्रक्रिया अन्तर्गत बुधवार उम्मेदवारी दर्ता भएको छ । महासंघ पर्साको अध्यक्ष पदमा यसपटक अनुप तिवारी र ओमप्रकाश खनाल भिड्दैछन् ।
१९ सदस्यीय पर्सा जिल्ला कार्यसमिति, ११ सदस्यीय प्रदेश परिषद सदस्य र पाँच सदस्यीय राष्ट्रिय परिषद सदस्य गरी कुल ३५ सिटको लागि ७८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी गराएका छन् ।
 
नेपाल महासंघ पर्साको अध्यक्ष्Fमा अनुप तिवारी र ओमप्रकाश खनालको उम्मेदवारी परेको छ भने खुलातर्फ उपाध्यक्ष्F  पदका लागि तीनजना अलिअसगर देवान, भूषण यादव र जगत राई गरी तीनजनाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष्Fमा नीलीमा पौडेल, कविता खडकाको उम्मदेवारी दर्ता भएको छ भने सचिवमा शेखरबहादुर क्षत्री, मनोज पटेल, सफल खतिवडा, विजय चौहान गरी चारजनाले उम्मदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि  अमित अग्रवाल, अजय चौरसिया, उदय दास, इरफान अली, शम्भुकुमार सुमन गरी छजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले बताए ।
 
कोषाध्यक्ष्F पदका लागि जियालालप्रसाद साह, धनञ्जय मिश्र, अमितकुमारसाह, सञ्जीवकुमार मिश्र  गरी चारजनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।  

महिला सदस्य, आदिवासी जनजाति र मधेसी सदस्य पदका लागि तीन–तीनजना गरी नौंजनाको उम्मेदवारी परेको छ भने दलित सदस्यमा छेदीलाल (सुभाष) राम निर्विरोध निर्वाचित भएका छन् । समावेशीतर्फ चारजनाको र खुला सदस्यतर्फ २४ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश पार्षद् ११ सदस्यीयको लागि सातजनाको उम्मेदवारी परेकोमा सातैजना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय परिषद सदस्य पाँचवटा सिटमा आठजनाको उम्मेदवारी परेको  मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?