महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर ।
पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले मनोरञ्जन लिएको बताइएको छ ।
मेलामा तीनवटा मौतका कुँवा, ५ वटा झुला, चारवटा ब्रेक डान्स, सर्कस, पाँचवटा डैगन, बच्चाको खेल तमाशा ५० भन्दा बढी रहेको देखेपछि मेला घुम्न आउनेहरु मनोरञ्जनका सामग्रीबाट थप रोमाञ्चित भएका थिए । नेपालमा पहिलोपटक नै गढीमाई मेलामा ल्याइएको डिजिटल माताको वाटरपिसप्रति दर्शकहरु निकै आकर्षित भएका थिए । रात्रिको समयमा डिजिटल मेलाको रौनकताले ग्रामीणवासीको मन निकै मोहेको देखियो । बालबालिका, महिला, युवायुवतीहरु मेलामा निकै सहभागीता बढेको छ ।
महागढीमाईको मेला मंसिर १ गतेदेखि लागे पनि मेला पूर्णरुपमा मंसिरको दोस्रो सातापछि मात्र लाग्न थालेको थियो । मेलामा शनिवार र आइतवारका दिन निकै भीड बढेको थियो । रांगा तथा विभिन्न पशुपक्षीको बलिदानका दिन मेलामा भारत बिहार तथा युपीबाट घुम्न तथा दर्शन गर्न आउनेहरुको निकै भीड बढेको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?