सशस्त्र प्रहरी बल, पर्साद्वारा रु. १०,५७,३५५।- बराबरको अवैध समानहरु बरामद गरे ।



पर्सा ३० असोज / सशस्त्र प्रहरी बल पर्साले   बिरगंज म.न.पा-१६ भन्सार मेनगेट स्थितबिभिन्नसीमानाकाहरुबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले भारतबाट अबैध 


 रुपमा ना २ ह ३८८७ नं को अटोमा तथा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदैगरेकोरु.७,५७,३५५।-बराबरकोकिराना,मोटरपार्टस, कस्मेटिक, मोवाईल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका 


 समानहरु बरामद गरी अटोको भन्सार मुल्य रु. ३,००,०००।-  मुल्याङ्कन गरि जम्मा मुल्यरु.१०,५७,३५५।- बराबरको सामान र अटो नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए । 
                
   

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?