सशस्त्र प्रहरीद्वारा साढे १० लाख मूल्यको अवैध सामान बरामद

वीरगंज, ३० असोज ।
सशस्त्र प्रहरी बल, पर्साले मंगलवार १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।
असोज २९ गते वीरगंज म.न.पा–१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरूबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ना २ ह ३८८७ नं को अटोमा तथा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल ल्याउदै गरेको ७ लाख ५७ हजार ३५५ मूल्य बराबरको किराना, मोटरपार्टस, कस्मेटिक, मोवाइल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका समानहरू बरामद गरी अटोको भन्सार मुल्य तीन लाख  मुल्याङ्कन जम्मा मुल्य  रू.१० लाख ५७,३५५ बराबरको सामान र अटो नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षकनरेन्द्र सिंह धामीले आज जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?