कारवाहीमा परेका डा पण्डित लाइ बचाउन , ठुलो आर्थिक चलखेल , उपकुलपति डा साहले लिए जिम्मा



भरत सरार्फ 
पर्सा २८ असोज / प्रादेशिक अस्पताल, जनकपुरका पूर्व निर्देशक डा. रामनरेश पण्डितलाई कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको करिब साढे दुई महिना पुगिसक्यो । तर, अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

अस्पतालमा नयाँ कर्मचारी भर्ना प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै मुख्यमन्त्री कार्यालयले तत्कालिन निर्देशक डा. पण्डितलाई कारबाही गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेखेको हो ।

‘गत साउन २१ गते नै मुख्यमन्त्री कार्यालयले लेखेको उक्त पत्र अहिलेसम्म कार्यान्वयन किन भएन ।  आर्थिक प्रलोभनमा परी  प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले विभिन्न बहाना गर्दै भने , ‘कारबाही गर्नु भनेर पत्र त आयो तर के आधारमा कस्तो कारबाही गर्ने भन्ने स्पष्ट नहुँदा हामी अल्मलमा परेका छौं । विशेष शुत्रको अनुसार 
डा पण्डितले उपकुलपति डा साह लाई भेटी कानमा खुसुर फुसुर गरेका कारण उपकुलपति डा साह मौन बनेर बस्नु स्पष्ट बुझिन सकिन्छ । श्रोतको अनुसार डा पण्डित लाई पुन त्यही ठाउमा राख्न  मोटो आर्थिक चलखेल चलखेल भइरहेकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्राप्त पत्रको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पण्डितलाई कारबाहीका लागि प्रतिष्ठानलाई आदेश गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव जय कुमार राउतले प्रतिष्ठानलाई लेखेको पत्रमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजुरीको सन्दर्भमा तहाँ प्रतिष्ठानबाट शिक्षक तथा कर्मचारीहरुको करार सेवाका लागि लिइएको परीक्षासँग सम्बन्धित कागजातहरु अध्ययन हुँदा परीक्षासम्बन्धी काम कारबाही रीतपुर्वक भएको नदेखिएकोले लिखित परीक्षाहरु रद्दगरी पदपुर्ती प्रक्रियामा संलग्न परीक्षा समितिका संयोजक एवम् सदस्यहरुलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न हुन यस कार्यालयको मिति २०८१।०४।१६ को (प्रमुख सचिवस्तर) निर्णयानुसार अनुरोध छ ।’उपसचिव राउतले हस्ताक्षर गरेको पत्रमार्फत परीक्षा समितिका संयोजक र सदस्यहरुलाई कारबाहीको जानकारी समेत माग गरिएको छ । पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई गरिएको छ ।

पत्रले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सम्बोधन गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह हुन् । कारबाही गर्न भनिएका परीक्षा समितिका संयोजक डा. रामनरेश पण्डित र सदस्यहरु डा.अनिल यादव, डा.दीपक कर्ण, डा.महेश महासेठ र डा.रामज्ञान यादव हुन् ।

उनीहरुले प्रतिष्ठानका लागि आवश्यक शिक्षक र कर्मचारी करार सेवाका लागि छनौट गर्न लिएको परीक्षा प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रुटि फेला पारेको छ । सोही अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन बमोजिम कारबाही गर्न प्रतिष्ठानलाई आदेश गरेको हो ।

तर, प्रतिष्ठानले पण्डितलाई निर्देशक पदबाट हटाइएको साढे दुई  महिना पुगिसक्दा न त अर्को निर्देशक चयनको प्रक्रिया अगाडी बढाएको छ न कारबाहीको सुरसार गरेको देखिन्छ ।

डा. पण्डितले तोकिएको निकाय (परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, काठमाडौं) मा हाजिर भएपनि त्यहाँबाट लामो विदा लिएर जनकपुरस्थित निजी क्लिनिक सञ्चालन गरिरहेका छन् ।

क्लिनिक चलाउने बहानामा पण्डितले प्रतिष्ठानलाई समेत प्रभावमा पारेर बसेकाले उनी विरुद्ध कारबाही प्रक्रिया अघि बढ्न नसकेको प्रादेशिक अस्पतालका चिकित्सकहरुको भनाई छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति ले माननीय मुख्य मन्त्री ज्यु ले कार्यवाही काे लागी डा राम नरेश पण्डित लाई  कार्यवाही काे सिफारिश गरेतापनि  उप कुलपति डा अंकुर साह कान मा तेल हालेर किन बसेको होला?  भ्रष्टाचारी साबित भएका डा राम नरेश पण्डित लाई नै आर्थिक चलखेलको आधारमा मधेश प्रतिष्ठान जनकपुरधामको शिक्षाध्यक्ष(Rector) पदमा नियुक्त गर्न पुन: नियम विपरीत विज्ञापन गरी भ्रष्टाचारी भित्रयाउने खेल भइरहेको जनगुनासो जनक पुर मा आम चर्चा को विषय बनेको छ।






भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?