ग्लोबल स्टार्स अवार्डबाट कलाकार खतिवडा सम्मानित

वीरगंज, ३ असोज । भारत, पटनामा ग्लोबल स्टार्स अवार्ड २०२४ अवार्डबाट  कलाकार पवनप्रसाद खतिवडा (बाबा) सम्मानित भएका छन ।

निरूलाज एन्ड कम्पनीको प्रस्तुति रहको कार्यक्रममा प्रमुख अतिथि बिहारका विज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ र सेलिब्रेटी अतिथिको रूपमा चर्चित बलिवुड कलाकार पुनम धिलोन हुनुहुनथ्यो । संग्रीला प्यालेसमा भएको कार्यक्रमले पटनामा छुट्टै रौनक ल्याएको देखिन्थ्यो।

पवनप्रसाद खतिवडा (बाबा) विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । काभ्रेपलान्चोक, अनैकोट –१ मा जन्मिएका बाबा बिस २०४८ सालमा भिडियो फिल्म कर्म नामक चलचित्रबाट बाल कलाकारको रूपमा उदाएका खतिवडाले दर्जनौं चलचित्र, टेलिचलचित्र तथा बिज्ञापनमा समेत काम गसकेका छन् ।

नृत्य, नृत्य निर्देशन गर्दै सडक नाटक र रंगमञ्च हुँदै सिनेमाका पर्दाहरूसम्मको यात्रा थालेका उनि बाबा कलाकारको उपनामले समेत चिनिनछन । जुन टेलिचलचित्र ब्रेकफेलबाट जन्मिएको नाम हो । खतिवडाले अभिनय गरेका चलचित्रहरूमा जीवनदाता, विष, जय शिव शङ्कर,  बडिगार्ड, राधे, लब सब, लगायत दर्जनौ छन् भने टेलिचलचित्रमा हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, पथभ्रस्ट, अदृश्य घाउ, जीवनचक्र,कुल बहादुर काका,खुराफाती, लगायत दर्जनौ टेलिचलचित्रहरूमा  आफ्नो अभिनयबाट एउटा छुट्टै पहिचान छोडेका छन्  भने अहिले वेब सिरिजहरूमा ब्यस्त देखिन्छन । अहिले पनि खतिवडा कलाकारीतामा उत्तिकै सक्रिय छन् ।

यो भन्दा अगाडि थुप्रै सम्मानका साथै  इन्टरनेशनल अचिभमेन्ट अवार्ड (बिजुली सर्बत)बाट, इन्टरनेशनल एक्सिलेन्स अवार्ड, गेलेक्सी एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेका छन भने यो उनको चौथो अवार्ड हो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?