सेप्टेम्बर १५,२०२४ मा भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका छन।
निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला पेलेसमा भएको उक्त कार्यक्रमले पटनामा एउटा छुट्टै रौनक ल्याएको देखिन्थ्यो।
पवनप्रसाद खतिवडा (बाबा) विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । काभ्रेपलान्चोक,अनैकोट -१ मा जन्मिएका बाबा बि:स २

०४८ सालमा भिडियो फिल्म कर्म नामक चलचित्रबाट बालकलाकारको रुपमा उदाएका खतिवडाले दर्जनौं चलचित्र, टेलिचलचित्र तथा बिज्ञापनमा समेत का
म गसकेका छन् ।
नृत्य,नृत्य निर्देशन गर्दै सडक नाटक र रंगमञ्च हुँदै सिनेमाका पर्दाहरुसम्मको यात्रा थालेका उनि बाबा कलाकारको उपनामले समेत चिनिन्छन । जुन टेलिचलचित्र ब्रेकफेलबाट जन्मिएको नाम हो । खतिवडाले अभिनय गरेका चलचित्रहरुमा जीवनदाता, विष, जय शिव शङ्कर , बडिगार्ड,राधे,लब सब, लगायत दर्जनौ छन् भने टेलिचलचित्रमा हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, पथभ्रस्ट, अदृश्य घाउ, जीवनचक्र,कुल बहादुर काका,खुराफाती, लगायत दर्जनौ टेलिचलचित्रहरुमा आफ्नो अभिनयबाट एउटा छुट्टै पहिचान छोडेका छन् भने अहिले वेव सेरिजहरुमा ब्यस्त देखिन्छ्न। अहिले पनि खतिवडा कलाकारीतामा उत्तिकै सक्रिय छन् ।
