वडा सदस्य सहित दुई जना पुरिए ।



सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा वडासदस्यसहित दुई जना पुरिएका छन्।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन्।

गए राति दुई बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको छ।
सभार : अनलाइन




भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?