( CG ) चौधरी ग्रुपका डिल्ली पब्लिक स्कुलको बसमा अवैध समानको ओसार पसार , सशस्त्र प्रहरी द्वारा समान, बस, र चालक , सहचालक भन्सार चलान ।




पर्सा ०९ श्रावण / सशस्त्र प्रहरी पर्सा द्वारा ( CG ) चौधरी ग्रुपका डिल्ली पब्लिक स्कुलको बसबाट ०२ गते शुक्रबार अवैध समानहरु  ओसार पसार गर्ने क्रममा नियन्त्रणमा लिएकोछ । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले
प्रदेश २-०३-००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुलको बसले आफ्नो स्कुलमा अध्यायनरत रक्सौल निवासि बिद्यार्थीहरुलाई भारतको रक्सौल छोडी नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छली बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ अबैध रुपमा 


 सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा  बि.म.न.पा.-१६ भन्सार मेनगेट स्थित चेकप्वाईन्ट डिउटिमा खटिएको टोलीले चेकजाँच गर्दा रु. २,६३,७००।- बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु भेटिएकोले उक्त सामान सहित जि. बारा परवानीपुर गा.पा.-४ बस्ने बर्ष ३२ को किशोरी राम (चालक) र जि.पर्सा बिमनपा-११ श्रीपुर बस्ने बर्ष ४२ को दिपक गिरी (सह-चालक) लाई नियन्त्रणमा लिई उक्त बसको रु. ३०,००,०००।- मुल्याङ्कन गरि जम्मा रु. ३२,६३,७००।- बराबरको समान तथा सवारी साधन सहित निज चालक र सह-चालकलाई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा 


 बुझाएको छ । यस सम्बन्धमा स्कुलको प्रिंशिपल राजिव आन्न्द संग बुझन फोन गर्दा फोन उठाएन । त्यस पछि स्कुलको अफिसमा गएर सुचना अधिकारी शिव कुशवाहा संग बुझदा चालकले कसरी के गर्यो १२ बर्ष देखि काम गर्दै आइरहेकाथियो , हामी आफै  अच्मछु जवाफ दिए । अरु केही बुझ्न खोज्दा कुशवाहाले जवाफ दिन मानेन । श्रोत को अनुसार बसमा भेटिएका समानहरु कपडा विद्यार्थीको 
ड्रेस को लागि र मोविल स्कुलमा रहेको आठ ओटा बसको 
सर्भिसिङको लागि स्कुल प्रशासनले मंगाएको श्रोतको भनाइछ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?