पर्सा १० श्रवण / जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको अधारमा १ करोड ८२ लाख ३८ हजार बराबरको काजु , ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू रहेको ट्रकहरू पक्राउ गरेकाछन । बुधवार अं.१६:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा लोड रहेका समान समेत नियन्त्रणमा लइ अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवँम प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएँ ।
जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा १ करोड ८२ लाख बराबरको काजु , ज्वानो , ईलेक्ट्रोनिक्स सामानहरू रहेको ट्रकहरू पक्राउ ” ।
byभरत सर्राफ
•
•
2 min read
0

