पर्सा ११ श्रावण / बिओपी बरैनिया बाराले १ लाख २२ हजार बराबरको फुटबल शुज बरामद गरेकाछन । बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्ड खटिएको टोलीले बिश्रामपुर गा.पा.२ कान्तिपुर सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ १ जना ब्यक्तिले साईकलको प्रयोग गरी ल्यादै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलिलाइ देख्न साथ उक्त समान छोडि फरार भएकोले उक्त समानहरु बरामद गरि १ लाख २२ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।
