यातायात व्यवस्था कार्यालय कलैयामा आर्थिक चलखेलमा सवारी लाइसेन्स बिक्रि गर्ने कार्य सुरु भएको छ । त्यस कार्यालयले सवारी लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षा वा दुबै परीक्षामा फेल भएका व्यक्तिहरुसंग रकमी चलखेलमा सवारी लाइसेन्स बिक्रि गर्ने कार्य सुरु गरेको हो ।
कलैया यातायात व्यवस्था कार्यालयमा कार्यालय खरिदार सत्य नारायण साहले कार्यालयका कर्र्मचारीलाई नै दलालको रुपमा परिचालन गरि विभिन्न सवारीको लाइसेन्सका लागि अहिले दर तोकेरै रकम असुली गर्न परिचालन गरेको चर्चाले व्यापकता पाएको छ । कार्यालयका खरिदार साहले अवैध लाइसेन्स बिक्रि गर्नको लागी आफनो नातेदारलाई परिचालन गरेका छन् ।
यति मात्र नभई साहले सहयोगको लागी बिचौलिया प्रचालन गरि अवैध आर्थिक सेटिङ्गमा विभिन्न सवारी लाइसेन्सको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेलाई लाइसेन्स बिक्रि गरिदै छन ।
तोकेरै घुस लिई अवैध तरिकाले लाइसेन्स बाड्ने कार्य हुने यातायात व्यवस्था कार्यालय कलैयाको सर्वाधिक चर्चा कुनै नौलो कुरो होईन् । कार्यालयकै कर्मचारी बिचौलियाहरुलाई परिचालन गरि पहिलेदेखी नै अवैध तरिकाले लाइसेन्स बाड्नमा सर्वाधिक चर्चा पाएको छ। यातायात व्यवस्था कार्यालय कलैयामा चितवन, काठमांडू, धादिंग उपत्यका लगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरुलाई अवैध तारिकाले पास गराइ लाइसेन्स दिन स्रोतले समेत जनाएको छ । जुन क्ुराले अहिले सर्वाधिक चर्चा पनि बटुलेको छ । कार्यालयमा अवैध तरिकाले लाइसेन्स बिक्रि गर्ने वापतको रकम असुली गर्ने मुख्य हर्ताकर्ता नै साह रहेको बताइन्छ ।
घ्ुसको दररेट मोटरसाइकिल रू ८०००, कार रू १३००० र ट्रक/बस १८००० तोकेर नै लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरुलाई लाइसेन्स दिने गरेको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको थियो।
