पर्सा १३ श्रावण / सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश पोखरीयाबाट सनिबार स.प्र.ना.उ. विक्रममणि अधिकारीको कमाण्डमा खटिएको टोलिले पोखरिया न.पा.-१ बनकटवामा आकस्मिक चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जादै गरेको BR 22 AB 1292 नम्बरको मो.सा. तथा उक्त मो.सा.मा सवार १ जना भारतिय नागरिकलाई चेकजाँच गर्दा मो.सा.को डिक्की र सिट कभर मुनि राखि लुकाई छुपाई ल्याएको १२ के.जी. चरेस भेटिएकोले मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ। साथै सोहि मितिमा प्र.सी.सु. गुल्म भिखमपुरबाट खटीगएको टोलिले जगरनाथपुर गा.पा.-०२ दसौता बोर्डर ईलाकामा आकस्मिक चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ 

जाँदै गरेको BR 22 BJ 3895 नम्बरको मो.सा. र मो.सा.मा सवार २ जना भारतिय नागरिकहरुलाई चेकजाँच गर्दा निजको झोलामा ४ किलो प्रतिवन्धित लागु औषध गाँजा भेटिएकोले निजहरुलाई मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
