सशस्त्र प्रहरी पर्साद्वरा रु. १३,३४,२०५।- बराबरको सामान भन्सार दाखिलाः




पर्सा १४ श्रावण /  प्र.सि.सु. गुल्म बिरगंजबाट खटिएको टोलिले आइतबार बिरगंज म.न.पा-१६ ईनर्वा स्थित बिभिन्न सीमावर्ति नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १२,२३,७०५।- बराबरको किराना सामान, कपडा, हार्डवयर तथा मोटर पार्टस बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।साथै आजकै मितिमा प्र.सी.सु गुल्म अलौबाट खटिएको टोलीले बि.म.न.पा-१७ अलौको सीमावर्ति ईलाकाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १,१०,५००।- बराबरको हार्डवेयरका सामानहरु  बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?