यातायात ब्यवस्था कार्यलय कलैया बारामा प्रमुख र बिचौलिययाको रजगज



भरत सरार्फ 
पर्सा १६ श्रावण / मधेश प्रदेश सरकारले आठ वटै जिल्लामा यातायात ब्यवस्था कार्यालयहरु खोली सेवाग्रहीहरुलाई कुनै किसिमको असुबिधा नहुने गरी कार्यालयहरु सञ्चालनमा ल्याएको हो । सञ्चालनमा लिएर आएको लगभग १ बर्ष पनि नपुग्दै यातायात व्यवस्था कार्यालय कलैयामा सवारी चालक अनुमती पत्र लाईसेन्समा स.चा.अ.प.का माफियाहरुको हातमा आएको छ ।   
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र लाईसेन्स कलैयामा आर्थिक चलखेलमा सवारी स.चा.अ.प. लाइसेन्स बिक्रि गर्ने कार्य सुरु भएको समाचार प्राप्त भएको छ । त्यस कार्यालयले सवारी स.चा.अ.प. लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षामा फेल भएका व्यक्तिहरुसंग आर्थिक रकमको चलखेलमा स.चा.अ.प. लाइसेन्स बिक्रि गर्ने कार्य सुरु भएको छ । कलैया यातायात व्यवस्था कार्यालयमा कार्यरत कार्यालय प्रमुख नवाज हुसैन र खरिदार सत्य नारायण साहको मिलोमतोमा कार्यालयका कर्मचारीलाई नै बिचौलियाको रुपमा परिचालन गरि स.चा.अ.प. लाइसेन्स चर्चाको बिषय बनेको छ । हुनत तोकेरै घुस लिई अवैध तरिकाले लाइसेन्स बाड्ने कार्य हुने  यातायात व्यवस्था कार्यालय कलैयाको सर्वाधिक चर्चा कुनै नौलो कुरो होईन् । कार्यालयकै कर्मचारी बिचौलियाहरुलाई परिचालन गरि पहिलेदेखी नै अवैध तरिकाले लाइसेन्स बाड्नमा सर्वाधिक चर्चा पाएको  छ। कार्यालय प्रमुखको आदेशमा अवैध लाइसेन्स बिक्रि गर्नको लागी रौतहट,पर्सा,चितवन, काठमाण्डौं, धादिंगका बिचौलिया परिचालन गरेका छन् । 
यति मात्र नभई कार्यालय प्रमुख हुसैन र साहले सहयोगको लागी बिचौलिया मार्फत  अवैध आर्थिक रकमको प्रलोभनमा विभिन्न सवारी लाइसेन्सको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेलाई लाइसेन्स बिक्रि हुदै आएको छ ।  
यातायात व्यवस्था  कार्यालय कलैयामा उपत्यका लगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरुलाई अवैध तारिकाले पास गराइ लाइसेन्स दिन स्रोतले समेत जनाएको छ । जुन कुराले अहिले सर्वाधिक चर्चा पनि बटुलेको छ ।  कार्यालयमा अवैध तरिकाले लाइसेन्स बिक्रि गर्ने वापतको रकम असुली गर्ने कार्यालय प्रमुख हुसैनको बिश्वासपात्र मुख्य हर्ताकर्ता नै साह रहेको बताइन्छ । 
घुसको रकम तोकेर नै लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरुलाई लाइसेन्स दिने गरेको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको थियो। 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?