इलाका प्रहरी कार्यालय नगवा द्वारा लागू औषध चरेस समेत मियाँ नियन्त्रणमा



पर्सा ०९ श्रावण / इलाका प्रहरी कार्यालय नगवा पर्साले 


 लागू औषध चरेस समेत आशिन मियाँलाई नियन्त्रणमा लिएकोछ । बिरगंज महानगरपालिका वडा न १६ नगवाको ४० फिट रोड छेउमा  रहेको आशिन मियाँको घरमा लागू औषध चरेसको कारोवार भइरहेको छ ।विशेष सुचनाको अधारमामंगलवार अ ८; बजेको समयमा  इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरी नायव निरिक्षक ( सइ ) दिपिन थापाको कमाण्ड खटिएको टोलिले मियाँको घर घेराउ गरि खानतलासी गर्न खोज्दा मियाँ को घरका  महिलाहरुले अवरोध गरेकाथिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक निता थापाको कमाण्ड थप मदत आएर मियाँको घरमा खनतलासी गर्दा  लुकाइछिपाइ राखेको लागू औषध चरेस ८ किलो २०० ग्राम बरामद भएकोथियो । लागू औषध चरेस समेत मियाँ लाई नियन्त्रण लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको श्रोताले जानकारी  दिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?