कर्तव्य ज्यान मुद्दामा संलग्न फरारप्रतिवादी पक्राउः-




पर्सा ०२ श्रावण  / कर्तव्य ज्यान मुद्दा मा फरार हरेका प्रतिवदीलाई जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएका टोलिले पक्राउ गरेकाछन । मिति २०८१।०३।२८ गते विशेष सूचनाको आधारमा कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसूर ) मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५ (पाँच) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको छ निजले मितिः-२०७६।०६।१९ गते साँझ १७:०० बजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एँवम सुचना अधिकारी दिपक भारतिको हस्ताक्षर प्रेस विज्ञप्ति मार्फत जानकारी प्राप्त भएकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?