सशस्त्र प्रहरी पर्साद्वारा रु. ८,२२,२१५।- बराबरको सामान भन्सार दाखिला




मिति २०८१।०३।३० गते सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले बिरगंज म.न.पा- १४ गण्डक चोकबाट भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको  रु. ३,२९,४६५।- 


 बराबरको किराना र हार्डवयरका सामान नियन्त्रणमा लीई आवश्यक कारवाहिको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।साथै आजकै मितिमा प्र.सि.सु. गुल्म अलौबाट खटिएको टोलीले बि.म.न.पा-१७ अलौ चौकबाट रु.१,४१,९९०।- बराबरको कपडा र कि राना सामान बरामद गरेको छ भने प्र.सी.सु. गुल्म बिरगंजबाट खटिएको गाडी मोबाईल टोलीले बि.म.न.पा-१६ बाँसझ्याङ्ग ईलाकाबाट रु. २,४७,७६०।- बराबरको लेडिज कपडा, किराना 


 सामानहरु र रु. ८०,०००।- बराबरको १ वटा पशुचौपाया (भैसी) नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।  बि.ओ.पि. ड्राईपोर्टबाट खटिगएको मो.सा. गस्ति टोलीले पनि बि.म.न.पा-२४ बहुअरी चोकबाट मूल्य रु. २३,०००।- बराबरको किराना सामान बरामद गरि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एँवम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले बताएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?