बिओपी बरैनिया बारा द्वारा श्रोत न खुलेको ५ लाख ८२ हजार पाँच सय रुपैयाँ सहित भारतिय नागरिक बरामद ।





पर्सा ३० अषाढ / सशस्त्र प्रहरी बिओपी बरैनिया बारा द्वारा श्रोत नखुलेको रकम सहित भरतिय नागरिकलाइ नियन्त्रणमा लिएकोछ । सनिबार अ. २२:३0 बजेको समयमा जिल्ला बारा बिश्रामपुर गा.पा.-४ बलिरामपुर (पोखरी) नेपाल भारत सीमा ईलाकामा  बि.ओ.पि.बाट सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटि एको गस्ती टोलीले प्रदेश २-०३०१८ प ८१२० नंम्बरको २२० पल्सर मो.सा. लाई रोकी चेक जाँच गर्ने क्रममा मो.सा.मा सवार जि.मोतिहारी पुर्वी चम्पारण रक्सौल १२ लोहारपट्टी टोलमा बस्ने भारतिय नागरिक अ.बर्ष ४६ को मनोज कुमार सिंहको साथबाट स्रोत नखुलेको १,००० को ३१७ वटा र ५०० को ५३१ वटा  जम्मा ५,८२,५०० नेपाली रुपैया  नगद रकम र मो.सा.को अ.मुल्य ३,००,००० बराबरको बरामद गरी  बि.ओ.पि.मा ल्याई राखेको आवश्यक कार्वाही को लागि बिरगंज भन्सार  बुझाउने प्रकृया भई रहेको निज ब्यक्तिको साथबाट  बरामद गरीएको सामानहरु Redmi को मोबाईल सेट १ थान  २ वटा भारतिय सिम सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?