बिओपी बरैनिया बाराले ५ लाख बराबरको अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरे ।




बिरगंज ०७ अषाढ / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट 
( बिओपी ) बरैनिया बाराले अ ५ लाख बराबरको अवैध समान बरामद गरेकाछन ।  विशेष सुचनाको अधारमा बिओपी बरैनियाका बिओपीपति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले भारत बाट अवैध तरिकाले टांगाको सिट मुनि सुटको कपडा  


 १५० मिटर ( १२ रोल ) dell cpu  core ८ थान  सर्ट्को कपडा १० पिस लुकाइ छिपाइ विश्रामपुर गापाको वडा न ३ मुसहर्वा इलाकाबाट ल्याउन्दै गरेको अवस्थामा  सशस्त्र प्रहरीको टोलिलाई  देख्न साथ घोडा टांगा छोडी फरार भएको थियो । उक्त घोडा टांगा 


 सहित समानहरु बरामद गरि रु ४ लाख ९२ हजार मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी श्रोतले बताएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?