गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न शंकित व्यक्तिहरु पक्राउ ।



मिति २०८१/०२/३२ गते अ.१७:१५ बजेको समयमा जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० को हरि भुषण प्रसाद कुशवाहाले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समुहले हरि भुषण प्रसाद कुशवाहालाई गोली हानी घाईते बनाएको र घाईतेलाई तत्काल उपचारको लागि बयोधा अस्पताल विरगंज लगेकोमा उपचारको क्रममा निज हरिभुषण प्रसाद कुशवाहाको मृत्यू भएको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित निम्न ७ जना प्रतिवादीहरुलाई पक्राउ तथा निम्न बमोजिमका दशीका समानहरु बरामद गरी निजहरु उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भई सम्मानित बारा जिल्ला अदालतबाट मिति २०८१/०३/११ गतेबाट लागु हुने गरी दिन ६ (छ) को म्याद थप भई अनुसन्धान कार्य भई रहेको र उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको व्यहोरा अनुरोध गरिएको छ ।
पक्राउ परेका निम्न प्रतिवादीहरु:-
१) जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरिया टोलमा बस्ने महन्थ महतोको छोरा वर्ष ३२ को अवधलाल प्रसाद कुशवाहा......
२) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने जितन महतोको छोरा वर्ष २९ को चांदसी प्रसाद कुशवाहा...
३) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा. न.२ बतरा टोलमा बस्ने प्रेमलाल साहको छोरा वर्ष २७ को चुल्हाई भन्ने श्रवण कुमार साह..
४) जिल्ला बारा कलैया उ.म.न.पा.वडा न.१० मटिअर्वा टोलमा बस्ने मोहन रामको छोरा वर्ष ५० को आम्रपाली भन्ने ब्रहमदेव राम...
५) जिल्ला बारा करैयामाई गा.पा. वडा न.७ पिपरा टोल मा बस्ने महादेव साद थारुको छोरा वर्ष ५० को मोतिलाल चौधरी..
६) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने सियाराम राउत कुर्मीको छोरा वर्ष ३४ को राधेश कुमार पटेल.......
७) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने रामचन्द्र राउत कुर्मीको छोरा वर्ष ५४ को
विनोद राउत कुर्मी.
बरामद भएका निम्न सामानहरु:-
१) बा.३२ प ७०५५ नं. को FZ मोटरसाइकल थान-१।
२) ना.५९ प ४७८९ न. को TVS मोटरसाइकल-१।
३) ना.३३ प ५४६२ नम्बरको २२० C.C. को पल्सर मोटरसाइकल थान-१।
४) गोली ६ राउण्ड ।
५) बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने प्रेस विज्ञप्ति मार्फत जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?