रास्वपाको भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र- सचिव शंकर श्रेष्ठ

वीरगंज, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक संगठन सचिव शंकर श्रेष्ठले भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा पार्टी अगाडि बढेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा शाखाले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आज वीरगंजमा आयोजित चियापान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले पुराना राजनीतिक दलहरूप्रति नागरिकको निराशा बढ्दै गएकोले त्यसको विकल्पको रूपमा रास्वपा अगाडि आएको बताउनुभयो । सचिव श्रेष्ठले रास्वपाका मन्त्रीले जिम्मेवारी लिएका मन्त्रालयहरूमा अहिले जनताको काम देखिने गरी भईरहेको बताउदै यसले विपक्षीहरू अत्तालिएको बताउनुभयो ।

रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि नेपाली कांग्रेस सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा बिश्वम्बर शर्मा, सचिव महेश दास, जसपा अध्यक्ष राम नरेश कुर्मी, सचिब तवरेज आलम, वीरगंजका उपमेयर इम्तियाज आलम, प्रदेशसभा सदस्य श्याम पटेल, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, उद्योग बाणिज्य महासंघ अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, निबर्तमान अध्यक्ष सुबोध गुप्ता, बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूँगटा लगायतको उपस्थित थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?