सशस्त्र प्रहरी बल पर्सा द्वारा ब्रोईलर कुखुराको चल्ला बरामद गरे ।




पर्सा १४ अषाढ / सशस्त्र प्रहरी बल द्वारा बोइलर कुखरा को चल्ला बरामद गरि नस्ट गरिएकोड । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १३ गणबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको कमाण्ड खटिएको टोलिले   जिल्ला पर्सा वीरगंज म.न.पा.-१९ बर्वा स्थित विन्दवासिनी मन्दिर अगाडी अ २:३० बजेको समयमा भारतबाट अबैध रुपमा पैठारी गरी साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. ३,००,०००/- (तीन लाख) बराबरको ३,०००/- गोटा प्रतिबन्धित बोइलर कुखुराको चल्ला बरामद गरेको थियो ।  उक्त चल्ला पशु क्वारेनटाईन पर्साका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, ग्रामिण कुखुरा व्यवसायी संघका प्रतिनिधि तथा  स्थानिय संचारकर्मीको रोहबरमा आजकै मितिको १०:०० बजेको समयमा स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको परिसर भित्र खाडल खनि खाडलमा पुरी नष्ट गरिएको गरिएको सशस्त्र प्रहरी बल न १३ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेब्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?