रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन जोगाउन माग गरेका छन् ।

रामवनमा चिडियाखाना बनाउनको लागि बस्ती हटाउन जिल्ला वन कार्यालयले पन्ध्र दिने सूचना जारी गरेपछि आज नेपाली कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षत्री, नेकपा एमाले अध्यक्ष डा बिश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, जसपा पर्सा सचिब तब्रेज आलम, नेकपा एसका मनोज चौधरीलगायतले प्रजिअ भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
 
ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए ।

यस अघि सर्वदलिय टोलीले रामबनमा रहेको बस्तीको भ्रमण समेत गरेका थिए । भ्रमण पश्चात सर्बदलिय टोलीले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानवबस्ती बचाएर बिकास निर्माण लाई अघि बढाउन अनुरोध गरिएको  सर्वदलिय टोलीमा सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले जानकारी गराए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?