पर्सा १४ अषाढ / हुण्डीको रकम सहित भारतिय नागरिकलाई प्रहरी पक्राउ गरेकाछन । विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले भारत बिहार बेतिया बस्ने सिताराम कुशवाहालाइ जगरनाथपुर गाउँ पालिकाको वडा न ५ मसियानिबाट पक्राउ गरेकाछन ।कुशवाहाले प्रयोग गरेका म प्र -०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकल भित्र लुकाइ छिपाइ ५ लाख ५० हजार श्रोत नखुलेको नेपाली रुपैयाँ लैजान्दै गरेको अवस्था प्रहरीले पक्रेको थियो । कुशवाहा माथि बैंक तथा 

वित्तीय संस्था विरुद्ध थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएँ ।