बाराको कलैयामा क्याम्पस प्रमुखको हत्याविरुद्ध प्रदर्शन, सातजना पक्राउ



बारा ०१ असार ।
बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको घटनाको विरोधमा शनिबार बिहानैदेखि कलैयामा प्रदर्शन भइरहेको छ ।विभिन्न दलका भातृ संगठन र मृतक कुशवाहाको गाँउ आदर्श कोतवाल गाँउपालिका-२ खजुरियाबाट ट्याक्टरमा सवार भइ आएका गाँउलेहरुले कलैयाममा ठाँउ ठाँउमा टायर बालेर बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् ।उनिहरुले कलैया बजारको बिच सडकमै ट्याक्टर तेस्र्याएर सडक अवरुद्धपनि पारेका हुन् ।कुशवाहालाई गोली हानी हत्या गर्ने हत्याराहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राख्दै उनिहरुले शनिबार बिहानदेखि कलैयामा प्रदर्शन गरेका हुन् । यसैबीच क्याम्पस प्रमुख कुशवाहाको हत्या 


 आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाको हत्या गरेको थियो । कुशवाहा, आदर्श कोतवाल गाँउपालिका-२ खजुरियाका स्थायी बासिन्दा हुन् ।खजुरिया गाँउबाट सदरमुकाम कलैया तर्फ आउने क्रममा बतरा टोलमा शुक्रबार साँझ ६ बजेतिर उनिमाथि गोली प्रहार गरिएको थियो।कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।मोटरसाइकलमा सवार रहेका कुशवाहालाई मोटरसाइकलमै सवार रहेकाा अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएका थिए ।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शुक्रबार नै बेलु की २ जनालाई नियन्त्रणमा लिएको थियो । कुसुवाह माछाको ठेक्का लिने र घरजग्गको समेत कारोबार गर्दथिए शुक्रवार पनि माछा ठेक्काको हरहिसब गरेर मोटरसाइकल चदि एक्लै कलैया तर्फ आउदै गर्दा अग्यात समुहले गोलि प्रहार गरि हत्या गरेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?