पर्सा ०३ अषाढ / सशस्त्र प्रहरी बल पर्सा ले १२ लाख हुण्डीको रकम सहित मानिषलाइ पक्राउ गरि भन्सार दाखिला गरेकाछन ।जि.पर्सा बि.म.न.पा -१६ भन्सार चेकप्वाईन्टबाट प्र.सि.सु.गुल्म बिरगंजबाट खटीएको चेकप्वाईन्ट डिउटी टोलिले भारतको रक्सौलबाट प्रदेश २-०३-०२० प ४२२२ नं.को मो.सा. मा बिरगंज तर्फ आउदै गरेका जि.बारा जितपुर-सिमरा उ.म.पा-७ 

जितपुर टोल बस्ने बर्ष अ.३८ को छठु महतो कोईरी माथि संका लागि चेकजाँच गर्दा निजले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको श्रोत नखुलेको नेपाली रु. १२,लाख- र बिभिन्न बैंकका चेकहरु फेला पारेको हुँदा निजलाई मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल न १३ ग
ण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एँवम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
