सशस्त्र प्रहरी पर्साद्वारा रु. ८,४३,६६०।- बराबरको भन्सार छलिका सामान बरामद:




पर्सा २५ बैशाख / सशस्त्र प्रहरी बल  प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलि र बिरगंज 


 भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले जिल्ला पर्सा विरगंज म.न.पा.-७ रेल्वे रोड स्थित एक तिन तले घरबाट भन्सार छली ल्याई भण्डारण गरी राखेको रु.५,८२,२००/- बराबरको ४०४ के.जी सुपारी, १३० केजी जट्टामसी र ८६ पिस साडी बरामद गरी आवश्यक कार्वाहिको लागि विरगंज भन्सार कार्यालयमा 


 बुझाएको। 
साथै आजकै मितिमा प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले भन्सार मेनगेट वरपरको ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको रु. २,६१,४६०/- बराबरको कपडा 


 तथा किराना सामान बरामद गरि आवश्यक कार्वाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको 


 सशस्त्र प्रहरी बल न १३ गण हे क्वा  पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?