बिरगंज २४ बैशाख / बीरगंज म.न.पा.-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट आइतबार प्रस्तावित .सीमा.सुरक्षा.गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैधरुपमा भन्सार छलि भारतबाट 

नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, कस्मेटिक,किराना र उक्त सामानहरु ओसार पासारमा प्रयोग गरिएको १ वटा स्कुटर गरी जम्मा भन्सार दाखिला मुल्य रु ५,५०,८७०।- बराबरको भन्सार छलिका सामानहरु तथा सवारी साधन बरामद गरी आवश्यक कारबाहीको ला
गि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
